हुलास आइरनले प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै, बोलायो साधारणसभा
काठमाडाैँ । हुलास आइरन इण्डस्ट्रीज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने योजना सार्वजनिक गर्दै आगामी वार्षिक साधारणसभा बोलाएको छ।
सभाको मिति पुस २५ गते बिहान ११ बजेका लागि तय गरिएको छ, जसको स्थान हामा आइरण बिल्डिङ, कमलादी, काठमाडौं हुनेछ।
साधारणसभामा गत आर्थिक वर्षको वार्षिक रिपोर्ट र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरणहरूको छलफल र पारित गर्ने कार्यसूची रहेको छ। यसका साथै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि पारित गरिने छ।



प्रतिक्रिया दिनुहोस