मनकामना केबलकार आज र भोलि बन्द, मर्मतका कारण सेवा रोकियो
काठमाडौं: मनकामना केबलकार आज र भोलि दुई दिनका लागि बन्द गरिएको छ। टावर मर्मत कार्यका कारण केबलकार सेवा बन्द गरिएको हो।
मनकामना दर्शन सेवा प्रालिले एक सूचना जारी गर्दै सेवाको बन्दको जानकारी दिएको छ। सूचना अनुसार, केबलकार सेवा पुस ३ गते बुधबारदेखि पुनः संचालनमा आउनेछ।
केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालन हुने प्रालिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस