शंखरापुर प्रमुख रमेश नापितकाे नेतृत्वमा साँखु बसपार्क र शालीनदी मन्दिर सरसफाई

पश्चिम खबर
२९ पुष २०८१, आइतबार

२८ पुस २०८१
काठमाडौ ।

श्रीस्वस्थानी सालीनदी मेलालाई लक्षित गर्दै शंखरापुर नगरपालिकाले साँखु बसपार्क तथा शालीनदी मन्दिर परिसरमा सरसफाइ गरेकाे छ । अाईतबार िबहान नगरप्रमुख रमेश नापितकाे नेतृत्वमा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूले सरसफाइ गरेका हुन् । साथै नेपाल प्रहरी, स्काउट, लाईन्स क्लब अफ साँखु, साँखुमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, शालीनदी मेला व्यवस्थापन समितिका पदाधिकारी लगायतकाे सहभागीतामा सरसफाइ गरिएकाे हाे । सरसफाइका क्रममा १ ट्रीपर फाेहाेर संकलन भएकाे छ ।
सरसफाईका लागि झन्डै १ सय जनाकाे सहभागीता रहेकाे थियाे । भाेली पुस २९ गतेदेखि १ महिनासम्म संचालन हुने शालीनदी मेलालाई व्यवस्थित गर्ने कार्य स्वरूप सरसफाई गरिएकाे नगरप्रमुख नापितले जानकारी दिनुभयो ।