आजदेखि साँखुमा ४ दिनसम्म “शङ्खरापुर सक्व महोत्सव २०८१” सञ्चालन हुँदै

पश्चिम खबर
१७ माघ २०८१, बुधबार

१६ माघ २०८१
काठमाडौं ।

काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिकाको साँखुमा आजदेखि शङ्खरापुर सक्व महोत्सव २०८१ सुरु हुँदैछ । बिहान १० बजे साँखुको सुन्टोलमा एक विशेष कार्यक्रमका बीच महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी प्रमुख अतिथि रहने सो महोत्सव ४ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न झाँकी सहित नगरपरिक्रमा गरेर महोत्सवको थालनी हुनेछ । उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितका साथै विभिन्न नगरपालिकाका प्रमुखहरू, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायत विभिन्न संघ संस्थाक
ा व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
महोत्सवका लागि साँखु बजारमा विभिन्न स्थानमा सांस्कृतिक स्टलहरू, व्यापार व्यवसायिक स्टलहरूका साथै साँखुको प्राचीन सांस्कृतिक झाँकी कला संस्कृति प्रदर्शन गर्नका लागि स्टलहरूको तयारी पूरा भएको छ । सो महोत्सवमा साँखुको कला संस्कृति सम्पदाहरूको चिनारी गराउँनुका साथसाथै लोकदोहोरी प्रतियोगिताको कार्यक्रम पनि राखिएको छ । विभिन्न समूहमा रहेर हुने लोक दोहोरी प्रतियोगिताका प्रतियोगीहरुले पुरस्कार समेत पाउनेछन् । महोत्सवको दोस्रो दिन कुमार सागर र खोपः ब्यान्डले साँखु बजारमा आफ्नो सांगीतिक प्रस्तुति राख्ने कार्यक्रम छ । साथसाथै स्थानीय उत्पादनहरूको खरिद बिक्री गर्नुका साथै नेवारी खाने कुराहरू पनि सो महोत्सवमा उपलब्ध हुनेछ । महोत्सवको अघिल्लो दिन शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल सहितको टोलीले महोत्सव तयारीको अवलोकन गरिएको छ ।

शंखरापुर नगरपालिकाको आयोजना र वडा नम्बर ६ र ७ को संयोजनमा महोत्सवको तयारी गरिएको थियो ।