आज पनि केही स्थानमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

पश्चिम खबर
४ चैत २०८१, सोमबार

काठमाडौं, ४ चैत – देशमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव परेको छ। यसका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा आंशिक बदलीका साथै मुख्यत: मौसम सफा रहेको मौसम विज्ञान विभागले जनाएको छ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। साथै, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।


धेरै पढिएको