नगर प्रमुख रमेश नापितद्वारा महिला समूहलाई टपरी/प्लेट बनाउने मेसिन हस्तान्तरण
शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले वडा नम्बर १ का महिला समूहलाई सालको टपरी तथा कागजको प्लेट बनाउने मेसिन हस्तान्तरण गर्नुभएको छ।
बिहिबार वडा नम्बर १ नाङ्ले भारेका महिला समूहलाई आत्मनिर्भर बनाउन तथा आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेसिन हस्तान्तरण गर्नुभएको हो।
नगरपालिकाको लघु उद्यम विकास गरिबी निवारण कार्यक्रम (मेडपा) अन्तर्गत सो मेसिन हस्तान्तरण गर्नुभएको हो।

मेसिन प्रदान गर्दै नगर प्रमुख नापितले फुर्सदका बेलामा अतिरिक्त काम गर्दै आय आर्जन गर्न सहयोग पुगोस् भन्दै हेतुले महिलाहरुलाई यसरी मेसिन प्रदान गरिएको बताउनुभयो ।
उहाँले रोजगारी नभएका बेला स्वरोजगार तथा आत्मनिर्भर बन्न सहयोग पुगोस् भनी कामना गर्नुभयो। यस किसिमका मेसिनको सही सदुपयोगबाट आयआर्जन गरी आत्मनिर्भर बन्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता समेत हट्न सक्ने अपेक्षा व्यक्त गर्नुभयो। स्थानीय महिला समूहका सदस्यहरुले सो मेसिन प्रदान गरिएकोमा आभार व्यक्त गर्दै सालको पातको टपरी दुना कागजका प्लेट लगायतका सामग्रीहरु उत्पादन गरी आत्मनिर्भरको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाको ८० प्रतिशत रकम र महिला समूहको २० रकम प्रतिशत साझेदारीमा सो मेसिन प्रदान गरिएको हो।




प्रतिक्रिया दिनुहोस