सेन्ट लरेन्स कलेजलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’द्धारा सम्मान
काठमाडौं – शैक्षिक उत्कृष्टता, नवीन शिक्षण पद्धति तथा समग्र विद्यार्थी विकासमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको सेन्ट लरेन्स कलेजले ‘१९औँ राष्ट्रिय शिक्षा पुरस्कार २०८१’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।
शिक्षालयद्वारा चैत २७ गते काठमाडौंमा आयोजित सो कार्यक्रममा कलेजलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । सम्मान ग्रहण गर्नुहुँदै कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कलेजले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर स्वरूप अवार्ड प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कलेजले एक विज्ञप्ति जारी गर्दै सो उपलब्धिमा गर्व व्यक्त गर्दै सबै शिक्षक, विद्यार्थी तथा अभिभावक समुदायप्रति आभार व्यक्त गरेको छ । ‘शिक्षामा नयाँ मापदण्ड स्थापनाको दिशामा हामी अझ थप प्रतिबद्ध भएर अघि बढ्नेछौं’ विज्ञप्तिमा उल्लेख छ ।
सेन्ट लरेन्स कलेजले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षण, नवप्रवर्तन र विद्यार्थी केन्द्रित सिकाइको अभ्यास गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा यस किसिमको राष्ट्रिय सम्मानले सम्पूर्ण शैक्षिक समुदायलाई अझ प्रेरित बनाउने विश्वास गरिएको छ । सेन्ट लरेन्स कलेज काठमाडौंको चावेलमा अवस्थित रहेको छ ।




प्रतिक्रिया दिनुहोस