३० औँ बाल दिवसका अवसरमा शंखरापुर नगपालिकाद्धारा ‘कविता वाचन तथा चित्रकला प्रतियोगिता’ सम्पन्न
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शंखरापुर नगरपालिकाले ३० औँ बाल दिवसका अवसरमा रचनात्मक कार्यक्रम गरेको छ । सो अवसरमा नगरभित्रका विभिन्न स्कुलमा अध्ययनरत बालबालिकालाई रचनात्मक क्रियाकलापमा सहभागी गराइएको हो ।
शंखरापुर नगरपालिकाको ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा’ले ३० औँ बाल दिवसको अवसरमा कविता वाचन तथा चित्रकला प्रतियोगिता कार्यक्रम गरेको छ । उक्त प्रतियोगितामा नगरभित्रका विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । साँखु सलम्बुटारस्थित देवि फरेष्ट रिसोर्टमा भएको प्रतियोगितामा विद्यार्थीहरूले कविता वाचन तथा चित्रकला प्रतिस्पर्धामा सहभागी भएका थिए ।

कविता वाचन प्रतियोगिता अन्तर्गत नगरभित्रका विभिन्न स्कुलहरूका २६ विध्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा इभरग्रिन इङलिस स्कुलकी प्रकृति खड्का प्रथम भइन भने दितिय र तृतीय क्रमशः भगवती माविका खेम राज धिताल र श्री बज्रयोगिनी माविकी निशा आचार्य सफल भइन । त्यस्तै सान्त्वना पुरस्कार राष्ट्रिय माविका जितबहादुर बुढाथोकीले हात पार्न सफल भए ।
कविता वाचन तथा चित्रकलामा विजेताहरूलाई भदौ ३० गते नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कार दिइने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारीले जानकारी दिनुभयो । अधिकारीले बालबालिकाको सृजनशील क्षमता विकासका लागि ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा’ले सो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा शाखा प्रमुख निर्जला अधिकारी, विभिन्न स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरु तथा निर्णायकको रुपमा रामेश्वर श्रेष्ठ, तुलसा सेढाईँ, जिवन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया दिनुहोस