नगरप्रमुख नापितद्धारा कृष्णभक्त राजमार्गको ढलान कार्यको अनुगमन
१३ माघ २०८१
काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितको नेतृत्वमा बोझिनी स्थित कृष्णभक्त राजमार्गको ढलान कार्यको अनुगमन गरिएको छ । आइतबार नगरप्रमुख नापितको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, प्रमुख लेखा अधिकृत गोविन्द प्रसाद अधिकारी, योजना शाखा प्रमुख राममणी ढकाल सहितको टोलीले ढलान कार्यको अनुगमन गरिएको हो ।
सो अवसरमा नगरप्रमुख नापितले गुणस्तरीय ढंगले ढलान गर्न निर्देशन दिनुभएको थियो । उहाँले ढलानपछि गुणस्तर र मापदण्ड नपुगेमा नगरपालिका रकम भूत्तानी गर्न बाध्य नहुने पनि उल्लेख गर्नुभयो । नगरस्तरीय २५ लाख रुपैयाँ बजेटमा ८० मिटर सडक ढलान कार्य भइरहेको हो ।







प्रतिक्रिया दिनुहोस