सक्रिय हुन खोज्दैथिए रवि : थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौँ । सुप्रिम सहकारी संस्था सम्बन्धी ठगी र संगठित अपराध मुद्दामा संलग्न भएको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत बुटवलले आदेश दिएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको थियो। त्यस्तै, लामिछाने स्वयंले पनि धरौटी बदर गर्दै थुनामुक्त आदेशको माग गर्दै उच्च अदालत पुगेका थिए।
उक्त पुनरावेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यसै मुद्दामा संलग्न रहेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई समेत उच्च अदालतले सदर गरेको छ।



प्रतिक्रिया दिनुहोस