जिल्ला खेलकुद सुर्खेतका सदस्य मदन रिमाल द्वारा बिद्याज्योति मा.वि.बाबियाचाैरलाइ फुटबल वितरण
पाैष २९ बाबियाचाैर – “FIFA for Schools” कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका–५, बाबियाचौरस्थित बिद्याज्योति माध्यमिक विद्यालयमा फुटबल सामग्री वितरण गरिएको छ।

सुर्खेत जिल्ला फुटबल संघका सदस्य श्री मदन रिमालद्वारा विद्यालयलाई आवश्यक फुटबल सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमको उद्देश्य विद्यालय तहबाटै फुटबल खेलको विकास गर्दै विद्यार्थीहरूलाई खेलकुद र शिक्षाबीच समन्वय कायम गराउनु रहेको आयोजकले जनाएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने
विश्वास लिइएको छ। विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आभार व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस