सेन्ट लरेन्स कलेजले भब्य रूपमा सम्पन्न गर्यो कक्षा ११ का लागि अभिमुखीकरण कार्यक्रम
काठमाडौँको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि भव्य रूपमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा मोटिभेश्नल स्पिकर डा.ताराप्रसाद गिरी मुख्य आकर्षण रहेको कार्यक्रममा विद्यार्थीहरूका लागि कलेजमा पालना गर्नुपर्ने नियम, आचार संहिताको जानकारीका साथ साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो अवसरमा मुख्य आकर्षण रहेका डा.ताराजीले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य निर्धारण, सफलता हासिल गर्ने कला, र बिद्यार्थीहरुलाई सफल हुनका लागि उत्प्रेरित गर्ने प्रेरणादायी विभिन्न विषयवस्तुहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।
कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि ‘ओरिन्टेशन तथा काउन्सिलिङ कार्यक्रम’ कलेजका अध्यक्ष केशव प्रसाद दंगालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर ताराप्रसाद सुवेदीले जीवनलाई गतिशील बनाउँन शिक्षाले भूमिका खेल्ने बताउनुहुँदै शिक्षाले सरल ढङ्गले गन्तव्यमा पुग्न सहयोग गर्ने बताउनुभयो । सेन्ट लरेन्सलाई विश्वास गरेर आउनुभएका अभिभावक र विद्यार्थीलाई कलेजले उत्कृष्ट शिक्षाका लागि साथ दिने बताउनुहुँदै सही ठाउँमा आइपुगेको बताउनुभयो । उहाँले विद्यार्थीलाई आफ्नो दिल र दिमागले खोजेको विषय छान्न आग्रह गर्दै साथीभाइ वा अभिभावकले दबाब दिएको विषय छान्दा भोली सफलतामा कठिनाइ हुने भएकोले आफ्नो रुचिको विषय छान्न आग्रह गर्नुभयो । त्यसका लागि कलेजले सधैँ सहयोग गर्ने बताउनुभयो । उहाँले जुनसुकै विषय लिए पनि दत्तचित्तका साथ मिहेनत गर्दा सफल हुने बताउनुभयो ।यस्तै शिक्षक हरिहर चापागाईँले अरू कलेजमा विद्यार्थीले होमवर्क नगरे तिमिलाई डिआई को मा लान्छु भन्नू पर्ने अवस्था रहेको तर सेन्ट लरेन्स कलेजमा भने अन्यत्र भन्दा फरक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू स्वयं अनुशासित रहेको बताउँदै शिक्षण सिकाइमा सेन्ट लरेन्समा सहज रहेको उल्लेख गर्नुभयो ।

बाबु आमाको नियन्त्रणबाट बाहिर निस्केर कक्षा ११ मा पढ्न काठमाडौ आएका विद्यार्थी स्वतन्त्र हुन खोज्ने तर शिक्षकले चङ्गालाई माथि पु¥याउन लट्टाईले खेलेको भुमिका जस्तै विद्यार्थीलाई माथि पुग्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स कलेजले उत्कृष्ट शिक्षा प्रदान गरेबापत विभिन्न सङ्घ–संस्था तथा मिडियाबाट विभिन्न अवार्डहरू पाएको जानकारी दिनुभयो । कलेजले औपचारिक शिक्षा दिनुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने उल्लेख गर्नुभयो ।
कलेजमा औपचारिक शिक्षाका साथै विद्यार्थीमा नेतृत्वको विकासका लागि विभिन्न ९ वटा क्लब रहेको र त्यसमार्फत विभिन्न गतिविधिहरू हुने जानकारी गराउनुभयो । उहाँले कलेजका विद्यार्थीहरूले विज्ञान तथा प्रविधिमा नयाँ कुराको खोजमा सफल रहेको र अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा सहभागी भएको बताउनुभयो । बजारमा जे माग छ त्यो पूरा गर्ने दक्ष जनशक्ति उत्पादनमा सेन्ट लरेन्स अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले कलेज म्यानेजमेन्टले मात्र कलेज सञ्चालन गरेको नभई अभिभावक र विद्यार्थीसँग सहकार्य गर्दै सफलताको बाटोमा अघि बढेको जानकारी दिनुभयो । उहाँले कलेजमा विभिन्न फ्याकल्टीमा अनुभवी शिक्षकहरू रहेको जानकारी दिनुहुँदै गुणस्तरीय शिक्षाका लागि सेन्ट लरेन्स प्रतिबद्ध रहेको बताउनुभयो ।
कलेजका अध्यक्ष केशव प्रसाद दंगालले सेन्ट लरेन्स कलेजमा अध्ययन गर्ने कोहीपनि असफल नभएको बताउनुहुँदै कक्षा ११ का पढ्न आएका बिद्यार्थीहरुले सही कलेज छानेको बताउनुभयो । उहाँले सेन्ट लरेन्स कलेजका बिद्यार्थीहरुले विभिन्न विधामा अन्र्तराष्ट्रिय पदक पाउन सक्षम रहेको बताउनुभयो । उहाँले पढाईका साथै अतिरिक्त क्रियाकलापमा, सामाजिक काम गर्ने, नेतृत्वदायी भूमिकामा सेन्टर लरेन्स कलेजका विद्यार्थी अब्बल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अभिभावक ज्युहरू तपाईँहरू सही कलेजमा आउनुभएको छ । तपाईँले एउटा नर्सरीमा हुर्केको बिरुवा अर्को नर्सरीमा सार्न ल्याउनुभएको छ, तपाईँले ल्याएको बिरुवा हामी सक्षम हुने गरी हुर्काउनेछौँ । हाम्रो कलेजमा डिसिपिन ईन्चार्ज छैन, सबै विद्यार्थी डिआई हुन् । हामी कलेज प्रशासन शिक्षक, अभिभावक र बिद्यार्थीहरु सबै एउटा परिवारका रूपमा रहेका छौँ ।’
कलेजका विभिन्न विभागमा कार्यरत शिक्षकहरू र उनीहरूको अनुभवबारे जानकारी गराइएको थियो । साथै विद्यार्थीहरूले पालना गर्नुपर्ने नियम तथा अनुशासनका बारेमा जानकारी दिइएको थियो । यस्तै कक्षा १२ मा अध्ययनरत विद्यार्थी दीपिका पालले कलेजले दिने उत्कृष्ट शिक्षा र आफ्नो अनुभव सुनाउनुभएको थियो । सो अवसरमा कलेजका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीका साथै सेन्ट लरेन्स कलेजमा अध्ययन गरेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्व विद्यार्थीहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस