एनपिएल अपडेट

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

पश्चिम खबर
२ पुष २०८१, सोमबार

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। प्लेअफ चरणमा पुग्न अत्यन्त महत्त्वपूर्ण मानिएको खेलमा कर्णाली याक्सका शीर्षक्रमका ब्याट्सम्यानले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

कर्णालीले ५० रन पुग्नुअघि नै आफ्नो ४ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो। टोलीका लागि छैटौँ नम्बरमा क्रिजमा आएका जिसन मक्सुदले सबैभन्दा धेरै ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। ओपनर बाबर हायातले भने ९ बलमा ३ चौकाको सहयोगमा १३ रन बनाएर आउट भए।