वडा नम्बर १ का अध्यक्ष बाबुराम दंगालद्धारा ३ सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
११ माघ २०८१
काठमाडौं ।
शंखरापुर वडा नम्बर १ का अध्यक्ष वेदनारायण दंगाल (बाबुराम) द्धारा ३ सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
शुक्रबार वडा कार्यालय प्राङ्गढ चाँपाबोटमा ७० वर्ष माथिका महिला तथा पुरुष गरी ३ सय जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो । वडागत रुपमा जेष्ठ नागरिक शीर्षकमा विनियोजित बजेट मार्फत जेष्ठ नागरिकलाई चिसोमा लगाउन प्रति व्यक्ति एक थान ज्याकेट वितरण गरिएको अध्यक्ष दंगालले जानकारी दिनुभयो । साथै वडा सदस्यहरु भुमीप्रसाद दंगाल र रामकृष्ण ढुङ्गानाले पनि जेष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गर्नुभयो ।
कार्यक्रमको सुरुमा जेष्ठ नागरिक सञ्जाल वडा नम्बर १ का पूर्व अध्यक्ष स्व.पूण्यप्रसाद दंगाललाई स्मरण गर्दै उहाँको तस्विरमा माल्यापर्ण गरिएको थियो । उहाँका पिता ९३ वर्षीय जेष्ठ नागरिक देवदक्त दंगाललाई न्यानो कपडा प्रदान गरी सम्मान गर्दै अरु जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण थालिएको थियो ।
न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पनि जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउँने वडा अध्यक्ष वेदनारायण दंगाल (बाबुराम)ले जानकारी दिनुभयो । साथै नेत्रप्रसाद दंगाललाई अध्यक्ष चयन गर्दै वडा नम्बर १ को जेष्ठ नागरिक सञ्जालको गठन समेत गरिएको छ ।





प्रतिक्रिया दिनुहोस