सामाजिक सञ्जाल दुरुपयोग गर्ने एक जना पक्राउ
काठमाडौं, चैत ७ – सामाजिक सञ्जालको दुरुपयोग गर्दै निजी तस्बिर तथा भिडियो सार्वजनिक गर्ने, पीडितलाई धम्क्याउने र बदनाम गर्ने कार्यमा संलग्न एक जना व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।
साइबर ब्युरोका अनुसार सिरहा जिल्लाको गोलबजार-७ स्थायी घर भई हाल काठमाडौंको सिनामंगलमा बसोबास गर्ने २७ वर्षीय राम विलास साहलाई पक्राउ गरिएको हो। उनीविरुद्ध सामाजिक सञ्जालको दुरुपयोग तथा विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
साइबर ब्युरोले २०८० चैत ७ गते उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेको छ।
प्रहरीले सामाजिक सञ्जालको गलत प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै, कानुनी कारबाही सामना गर्नुपर्ने चेतावनी दिएको छ।



प्रतिक्रिया दिनुहोस