अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, संसदबाट विधेयक पारित

पश्चिम खबर
१८ वैशाख २०८२, बुधबार

१७ वैशाख, काठमाडौं । अब सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को वैधता अवधि १० वर्ष हुने भएको छ। यससम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ।

हाल कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार चालक अनुमतिपत्रको अवधि ५ वर्ष थियो। तर, ‘केही नेपाल ऐन संशोधन विधेयक’ मार्फत दफा ५४ को उपदफा ३ मा संशोधन गरिँदै अब लाइसेन्स १० वर्षसम्म मान्य हुने व्यवस्था गरिएको छ।

संशोधनपछिको प्रस्तावमा भनिएको छ, ूदफा ५४ को उपदफा ३ मा रहेको ुपाँच वर्षसम्मु भन्ने शब्दको सट्टा ुदश वर्षसम्मु भन्ने शब्द राखिएको छ।ू साथै, लाइसेन्स नविकरण गर्दा पनि अब १० वर्षका लागि नै नवीकरण गरिनेछ।

यस विधेयकको मस्यौदा अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङद्वारा ल्याइएको थियो।
विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो र त्यसलाई २९ भदौमा विषयगत समितिमा पठाइएको थियो। समितिबाट छलफलपछि १४ वैशाख २०८१ मा पुनः सभामा पेश गरिएको विधेयक १७ वैशाखमा पारित गरिएको हो।

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पारित गरेपछि यो फेरि प्रतिनिधि सभामा फिर्ता गरिनेछ र अन्ततः प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र यो कानुनको रूपमा कार्यान्वयनमा आउनेछ।