उत्कृष्ट शिक्षाका लागि बिद्यार्थीहरुको पहिलो रोजाई ‘सेन्ट लरेन्स कलेज’
‘सेन्ट लरेन्स कलेज’ नै किन रोज्ने ? यस्ता छन् कलेजका बिशेषताहरु
-केशवप्रसाद दंगाल , अध्यक्ष, सेन्ट लरेन्स कलेज, चावाहिल काठमाडौं ।
लामो शैक्षिक इतिहास बोकेको सेन्ट लरेन्स कलेज आजभन्दा २७ वर्ष अघि काठमाडौँमा स्थापित भएको कलेज हो । यो हाल काठमाडौँको चावाहिल पिपल बोटमा रहेको छ । कलेजको आफ्नै स्कुल रहेको छ । यो शैक्षिक संस्थामा प्लस टु, त्यसपछि स्नातक तह र स्नातकोत्तर तह पढाउने छुट्टै इकाई पनि रहेको छ । सेन्ट लरेन्स कलेज शान्त वातावरणमा आफ्नै भवनमा अवस्थित छ ।
सेन्ट लरेन्स कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनको पढाई हुन्छ भने ब्याचलर्स तर्फ बिएससिआइटी, बिसिएस, बिबिएस, बिएबिएसडब्ल्यू र मास्टर्स तर्फ एमबिएसको पढाई हुन्छ ।
लामो इतिहास भएको हुनाले यो कलेजबाट हजारौँ विद्यार्थी पास भएर गएका छन् । शैक्षिक संस्था भनेको लामो दौडको घोडा जस्तै हो । सयौँ वर्ष गुणस्तरीय शिक्षाका साथमा अगाडि बढाउनुपर्ने हुन्छ । यो अभियानमा हामी अनवरत रूपमा लागिरहेका छौँ । बिद्यार्र्थीहरुका लागि एउटा राम्रो गन्तव्यका रूपमा सेन्ट लरेन्स कलेज अघि बढिरहेको छ ।

यो कलेजमा पढाई हुने विषयहरूमा सैद्धान्तिक पक्षका अलावा व्यवहारिक पक्षमा फिल्ड वर्कहरुमा, प्राक्टिल अभ्यासहरूमा उत्तिकै जोड दिँदै आएका छौँ । प्रविधिको अत्यधिक प्रयोग हुने अहिलेको समयमा शिक्षालाई व्यवहारिकता दिँदै पढ्ने पढाउने क्रममा प्रविधिलाई उच्चतम प्रयोग गर्ने र आधुनिक प्रविधिको प्रयोग गरेर पढाउने काम भइरहेको छ । पढ्ने काम सँग–सँगै विद्यार्थी भाइ बहिनीहरूको आवश्यकता र विषयको आवश्यकता अनुसार फिल्ड वर्क गर्ने, प्राक्टिल एजुकेसन दिने, विद्यार्थीहरूलाई आवश्यकता अनुसार फिल्ड भिजिट गराउने काम पनि सेन्ट लरेन्स कलेजबाट हुँदै आएको छ ।
गुणस्तरीय शिक्षा दिनका लागि कलेज सञ्चालक मात्र भएर पनि पुग्दैन । विद्यार्थीले मात्र पनि पुग्दैन । शैक्षिक संस्थाको मेरुदण्ड भनेको विद्यार्थी भाइबहिनीलाई पढाउने फ्याकल्टी मेम्बर्स नै हुन । सेन्ट लरेन्स कलेज त्यस्तो संस्था हो जसमा यसको स्थापनाकालदेखि पढाउने शिक्षक शिक्षिकाहरू अहिलेसम्म पनि हुनुहुन्छ । एउटा लामो इतिहास बोकेको संस्थामा लामो अनुभव बोकेका शिक्षक शिक्षिकाहरूले पढाउने शैक्षिक संस्था भएको हुनाले विद्यार्थी भाइ बहिनीहरूलाई कसरी पढाउनुपर्छ र नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई अझै फरक ढङ्गले र आधुनिक ढङ्गले वैज्ञानिक ढङ्गले कसरी शिक्षा दिनुपर्छ भन्ने कुरा बुझेको एउटा डेडिकेटेट फ्याकल्टी मेम्बर्स, एक्सपेरेन्स फ्याकल्टी मेम्बर्स र रिजल्ट ओरियन्ट फ्याकल्टी मेम्बर्स रहेको कलेज हो सेन्ट लरेन्स कलेज ।

नतिजाको कुरा गर्नुपर्दा विगतमा पढाइका क्रममा पास आउट ९७ प्रतिशत भन्दा तल कहिल्यै घटेको छैन । ९९ प्रतिशतसम्म विद्यार्थी पास हुन सफल भएका थिए भने अहिलेको यो ग्रेडिङ सिस्टममा आइपुग्दाखेरी बिद्यार्थी फेल हुने रेशियो एकदमै कम छ । यसको मतलब के हो भने सी प्लस ल्याउने बिद्यार्थीहरु एकदमै कम नगन्य अवस्थामा भएकोले हाम्रो नतिजाको अवस्था शत प्रतिशत रहेको छ ।
सेन्ट लरेन्समा हामीले पढाउने विषयमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन फ्याकल्टी रहेको छ । यी फ्याकेल्टीमा हामीले सबै विषय विद्याथीहरुलाई व्यवस्था गरेका छौँ । जस्तै विज्ञानमा फिजिकल ग्रुप र बायो ग्रुप, म्यानेजमेन्टमा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स, बिजनेज स्टडिज र म्याथम्याथिक्स । ह्युमानिटिज, साइकोलोजी र कानुनका सबै विषयहरु सेन्ट लरेन्समा पढाउँदै आएका छौँ र सबै बिद्यार्थीहरुको आवश्यकता पूरा गर्दै आएका छौँ ।
कलेज भनेकै शैक्षिक गतिविधिहरु सँगसँगै अतिरिक्त सिकाईको एउटा पूर्ण प्याकेज हो । किनभने विद्यार्थी भाईबहिनीहरु पढ्ने मात्र काममा अभ्यस्त हुनुका साथै बेला बेलामा रिफ्रेसमेन्ट पनि गर्नुपर्ने हुन्छ । त्यो भएको हुनाले हामीले पढाई सँगसँगै हामीले अरु गतिविधी गर्नका लागि सेन्ट लरेन्स कलेजमा थुप्रै क्लबहरुको व्यवस्था गरेका छौँ ।

ति क्लबहरु बिद्यार्थीहरुले सञ्चालन गर्ने क्लब हुन तर त्यसलाई सबै किसिमले सेन्ट लरेन्स कलेजले सहयोग गर्छ । जस्तै साइन्स एण्ड आइटी क्बल, लरेन्स एम.यू.एन, ग्रीन आर्मी नेपाल, लिट्रेचर क्लब, सोसियल क्लब लगायत थुप्रै क्लबहरु रहेका छन । यी क्लब मार्फत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रमहरु, सामाजिक कार्यक्रमहरु गर्ने गर्छौ । त्यसैले हामीले पढाई सँग–सँगै अतिरिक्त क्रियाकलापहरु गर्नका लागि क्यालेन्डरका रूपमा लिपिवद्ध गरेका छौँ । हामीले एउटा राम्रो वातावरणमा विद्यार्थीलाई रिफ्रेस हुँदै पढ्दै गर्दा एउटा नतिजा उन्मुख बनाउँन सक्छौँ ।
अन्त्यमा यस नयाँ पोष्ट अनलाइन मिडिया मार्फत स्नातक तहमा अध्ययन गर्न आउँने आम विद्यार्थी भाईबहिनीहरु र अभिभावकज्यूहरुलाई सेन्ट लरेन्स कलेजमा हार्दिक स्वागत गर्न चाहन्छु कि तपाईका छोराछोरीहरु राम्रो कलेज पढ्न चाहन्छन् र स्कलरसीपमा पढ्न चाहन्छन् भने तपाई सेन्ट लरेन्स कलेजमा आउन सक्नुहुन्छ । तपाईले हामीलाई भेटीसकेपछि सबै कुराको एउटा प्याकेज उपलब्ध गराउँछौँ र तपाईका छोराछोरीलाई राम्रो वातावरणमा उत्कृष्ट शिक्षा प्रदान गर्दछौँ । धन्यवाद ।




प्रतिक्रिया दिनुहोस