मेयर नापितद्वारा फेदी–जहरसिंहपौवा जंगलको सडकमा विद्युतीकरण गर्न ध्यानाकर्षण : कुलमानले कर्मचारीलाई दिए तत्काल निर्देशन

पश्चिम खबर
३२ असार २०८१, आइतबार

शंखरापुर नगरप्रमुख रमेश नापितले जहरसिंह पौवादेखि फेदीसम्मको जङ्गलमा सडकको दायाँ बायाँ सडक बत्ति राख्नका लागि नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।
प्राधिकरणको कार्यालयमा पुगेर मेयर नापितले जहरसिंह पौवादेखि फेदीसम्मको सडकमा रातीको समयमा बिजुली बत्ति  बाल्नका लागि आवश्यक विद्युत लाइन विस्तार गर्न आग्रह गरेका हुन । सो सडक खण्डमा रातीको समयमा दुर्घटना हुने समस्या रहेकोले बिजुली बत्ति राख्नुका साथै सिसी क्यामेरा राख्नका लागि बिद्युतको आवश्यकता पर्ने भएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत घिसिङलाई ध्यानाकर्षण गराए ।

साथै वडा नम्बर ५ पालुवा बारीमा नाङ्गो तार रहेकोले जोखिम रहेको भन्दै सो स्थानमा कालो तार राख्न आग्रह गरे । साथै वडा नम्बर ८ मा १३ वटा बिद्युत् पोलको आवश्यक रहेकोमा ध्यानाकर्षण गराए ।
साथै वडा नम्बर ५ को पञ्चमहालक्ष्मीस्थानमा बेलुकाको समयमा बिजुलीको पावर कम आउने समस्या रहेकोले ट्रान्समिटर राख्नका लागि आग्रह गरे ।
यस्तै भूल्भु, साना गाउँ लगायत वडा नम्बर १ देखि ९ सम्म जुन–जुन ठाउँमा नाङ्गो तार छ त्यहाँ कालो तार राख्न र कमजोर रहेका विद्युत पोलहरू परिवर्तन गर्नका लागि जोड दिए ।
मेयर नापितले राखेका विषयमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कर्मचारीलाई मेयर नापितले उठाएका विषयमा जानकारी गराउँदै ती काम तत्काल गर्नका लागि निर्देशन दिएका छन् ।


धेरै पढिएको