मेयर नापित स्थलगत खटिएर छाप भन्ज्याङको पहिरो सफाइ, कालोपत्रेका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने
शंखरापुर नगरप्रमुख रमेश नापित स्थलगत रूपमा खटिएर वडा नम्बर १ को छाप–भन्ज्याङ सडक खण्डमा गएका पहिरोहरू सफाइ गरिएको छ । बिहीबार सो सडक खण्डमा डोजर प्रयोग गरी सडकमा रहेको अवरोध हटाइएको हो । छाप भन्ज्याङको मुख्य सडकका साथै सहायक सडकमा गएका पहिरो हटाई सहज रूपमा सवारी आवागमन हुने व्यवस्था गरिएको छ ।

सो अवसरमा नगरप्रमुख नापितले स्थानीय बासीसँग सडकको अवस्था, स्थानीयहरूको समस्याका बारेमा छलफल गर्नुभएको थियो । स्थानीयले सडक सुधार गर्न, कालोपत्रे गर्ने कामका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।
जवाफमा मेयर नापितले सो सडक खण्ड प्रदेश सरकार मातहत परेकोले कालोपत्रे गर्न बाँकी रहेको खण्डमा वर्षा सकिएपछि कालोपत्रेको काम अघि बढाउन नगरपालिकाको तर्फबाट प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने जानकारी गराउनुभयो । सो अवसरमा बागमती प्रदेश सभा सदस्य राजु विष्ट, कुमारी मोक्तान, वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ लगायतका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

तस्वीर : छेवाङ लामा



प्रतिक्रिया दिनुहोस